काठमाडौँ । अमेरिका र इरानबीच जारी तनावबीच कूटनीतिक प्रयास तीव्र बनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नगरे ठूलो स्तरको बमबारी हुने चेतावनी दिएपछि इरानले वासिङ्टनबाट आएको नयाँ प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ।
युद्धविराम कायम भए पनि खाडी क्षेत्रमा तनाव कायमै छ। इरान–अमेरिका द्वन्द्वले विश्व ऊर्जा बजार र समुद्री व्यापारमा असर पारेको छ। अमेरिकाले इरानसँग युरेनियम संवर्धन रोक्ने, प्रतिबन्ध हटाउने र हर्मुज जलघाँटी खुलाउने प्रस्ताव अघि सारेको बताइएको छ। तर इरानले उक्त प्रस्तावलाई अस्वीकार गर्दै समीक्षा मात्र भइरहेको जनाएको छ। यसबीच, हर्मुज जलघाँटीको अवस्थाले विश्व इन्धन आपूर्तिमा दबाब बढाएको छ भने तेल मूल्य पनि उच्च स्तरमै स्थिर रहेको छ।