काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्धको आक्रामक सैन्य कारबाही समाप्त भएको घोषणा गरेका छन् । ह्वाइट हाउसमा मंगलबार आयोजित ब्रिफिङमा उनले करिब दुई महिना चलेको ‘अपरेसन एपिक फ्युरी’को चरण पूरा भएको जानकारी दिएको टाइम अखबारले जनाएको छ ।
उनले अब अमेरिका रक्षात्मक अवस्थामा सरेको स्पष्ट पारे । उनका अनुसार अबको मुख्य ध्यान इरानी बन्दरगाहहरूको नाकाबन्दी लागु गर्ने तथा विश्व ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गमा व्यावसायिक आवतजावत पुनः सुचारु गराउनेमा केन्द्रित हुनेछ । विदेशमन्त्री रुबियोले होर्मुज जलमार्गमा जारी द्वन्द्वका कारण हालसम्म १० जना सर्वसाधारणको मृत्यु भएको पनि पुष्टि गरे ।