काठमाडौँ । इरान युद्ध पछि बन्द गरिएको यूएईको हवाई यातायातमा लगाईएको प्रतिबन्ध हटेको छ । संयुक्त अरब इमिरेट्सले इरान विरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलको युद्ध सुरु भएदेखि लागू गरिएका सबै उडान प्रतिबन्धहरू हटाएको देशको नागरिक उड्डयन प्राधिकरणले घोषणा गरेको छ।
युएईको हवाई क्षेत्रमा सबै हवाई सञ्चालन सामान्य स्थितिमा फर्किएको जनरल सिभिल एभिएसन अथोरिटीले एक विज्ञप्तिमा जनाएको छ। उड्डयन डेटा फर्म सिरियमका अनुसार द्वन्द्वको सुरुवाती दिनहरूमा यस क्षेत्र भित्रिने र बाहिरिने ११ हजार भन्दा बढी उडानहरू रद्द गरिएका थिए।युएईले फेब्रुअरीको अन्त्यमा द्वन्द्वको सुरुवातमा आफ्नो हवाई क्षेत्र अस्थायी र आंशिक बन्द गर्ने घोषणा गरेको थियो, तर मार्चमा क्रमिक रूपमा पुनः खोल्ने घोषणा गरेको थियो ।