काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको शान्ति वार्ता यही शुक्रबारसम्म सुरु हुन सक्ने संकेत दिएका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार पाकिस्तानी अधिकारीहरूले वार्ता आगामी ३६ देखि ७२ घण्टाभित्र सुरु हुन सक्ने बताएका छन् ।
यस विषयमा सोधिएको प्रश्नमा ट्रम्पले टेक्स्ट म्यासेजमार्फत छोटो प्रतिक्रिया दिँदै भने, 'यो सम्भव छ ।'
वार्ताको वातावरण तयार पार्नका लागि ट्रम्प प्रशासनले इरानसँग जारी युद्धविरामको अवधि अनिश्चितकालका लागि विस्तार गरिसकेको छ।