काठमाडौँ । भारतको बिहारको मुख्य मन्त्रीमा सम्राट चौधरीले सपथ ग्रहण गरेका छन्। उनी बिहारको २४ औं मुख्यमन्त्री बनेका हुन्। उनी भारतीय जनता पार्टी (बीजेपी) को पहिलो मुख्यमन्त्री बनेका छन्।
उनीसँगै जनता दल यूनाइटेड (जेडीयू) का विजय कुमार चौधरी र बिजेंद्र प्रसाद यादवले पनि मन्त्री पदको शपथ लिए। यी दुवैलाइ उपमुख्यमन्त्री (डिप्टी सीएम) बनाइने जनाइएको छ। बीजेपीका धेरै नेताहरूले उनीहरूलाई उपमुख्यमन्त्रीको बधाईसमेत दिएका छन्।
सपथ समारोहमा नितिश कुमार पनि उपस्थित रहेका थिए। सम्राट चौधरी मुख्यमन्त्री बन्ने बाटो नीतीश कुमारको राजीनामापछि खुलेको हो। नीतीशले हालै राज्यसभाको शपथ लिएका छन्।