काठमाडौं । भारतमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशस्थित यमुना नदीमा श्रद्धालुहरू चढेको एउटा डुङ्गा सनिवार पल्टिएको थियो ।
सोही दुर्घटनामा ११ जनाको मृत्यु भएको र ५ जना बेपत्ता भएको त्यहाँको प्रहरीले जनाएको छ ।दुर्घटनापश्चात नदीबाट केहीलाई भने जिवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँको अनुग्रह राहत दिने घोषणा गरेका छन भने घाइतेहरूलाई ५० हजार रुपैयाँ दिइनेछ।