काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको हिरासत बसाइ लम्बिएको छ ।
काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएसँगै उनीहरुको हिरासत बसाइ लम्बिएको हो ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको अनुसन्धानका लागि चैत १४ गते पक्राउ परेका थिए । यता, ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सोमबारका लागि बहस निरन्तर छ।