काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा चलिरहेको अमेरिकी सैन्य अपरेसन निकै चाँडै समाप्त गरिने बताएका छन् ।
पश्चिम एसियामा जारी युद्ध ३३औँ दिनमा प्रवेश गरेको छ । यसैबीच आफ्नो भनाइमा ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना त्यहाँबाट निस्कन सक्ने बताएका हुन् ।
ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले उनको सरकारले इरानसँग वार्ताका साथसाथै सैन्य कारबाही पनि जारी राखेको बताए । इन्धनको बढ्दो मूल्यबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, “जसरी अमेरिका इरानबाट बाहिर निस्कनेछ, अवस्थामा सुधार आउनेछ र तेलको मूल्य पनि घट्न सक्छ ।”
उनले अमेरिकाले आफ्नो काम लगभग पूरा गरिसकेको र अर्को करिब दुई हप्तामा अपरेसन सकेर सेना फिर्ता बोलाइने दाबी गरे ।