काठमाडौँ । पाकिस्तान सरकारका प्रधानमन्त्रीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई बधाई ज्ञापन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी परिणाममा ऐतिहासिक सफलता हासिल गरेसँगै प्रधानमन्त्रीको कार्यभार सम्हालेका शाहलाई पाकिस्तानले सामाजिक सञ्जालमार्फत शुभकामना दिएको हो।
शन्देशमा पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले बधाई दिदै लेखेका छन्। “राष्ट्रिय स्वतन्त्र पार्टीको सानदार विजयपछि नेपालको प्रधानमन्त्री पद सम्हाल्नुभएकोमा महामहिम बालेन शाहलाई हार्दिक बधाई ज्ञापन गर्दछु। पाकिस्तानले नेपालसँगको आफ्नो लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्त्व दिन्छ। आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन र आपसी हितका क्षेत्रमा महामहिमको कार्यकालमा नजिक रहेर काम गर्न हामी आतुर छौँ।“
बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै छिमेकी तथा क्षेत्रीय मुलुकहरूबाट बधाई आउने क्रम सुरु भएको छ। पाकिस्तानले नेपालसँगको कूटनीतिक सम्बन्धलाई थप विस्तार गर्ने र सहकार्यलाई नयाँ गति दिने प्रतिबद्धता जनाएको छ। रास्वपाको उदय र बालेन शाहको प्रधानमन्त्रीत्वले दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको सन्दर्भमा पाकिस्तानको यो सन्देशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।