काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई निलम्बन गरेको छ । पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेपले बुधबार खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२) अनुसार एन्फालाई निलम्बन गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदले चैत १० गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
उक्त बुँदामा कुनै संघले परिषद्ले दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने उल्लेख छ । योसँगै पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फा ३ महिना निलम्बनमा परेको हो ।
अखिल नेपाल फुटबल संघलाई साेधेकाे स्पष्टीकरण
निर्देशन अटेर गरेपछि राखेप आक्रामक, एन्फासँग माग्यो २४ घण्टाभित्र लिखित सफाइ