काठमाडौं ।नेपाली कांग्रेसको आदिवासी जनजाति क्लस्टरतर्फको सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ निर्वाचित भएका छन्।
निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धीभन्दा बढी मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।निर्वाचनको नतिजाअनुसार लामाले तीन हजार २४५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले एक हजार ४४६ मत पाएका छन्।त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले लामाको विजय पुष्टि गरेका हुन्। यससँगै नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा आदिवासी जनजाति सहमहामन्त्रीको जिम्मेवारी लामाले सम्हाल्ने भएका छन्।