काठमाडौं ।नेपाली कांग्रेसको आदिवासी जनजाति क्लस्टरतर्फ महिला र खुला समूहका केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक भएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार महिला समूहबाट आठ जना र खुला समूहबाट १२ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महिला समूहबाट निर्वाचित
आदिवासी जनजाति महिलातर्फ गीता गुरुङले दुई हजार ८५९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी छन्। त्यसैगरी डा। गङ्गालक्ष्मी अवालले दुई हजार ७६८, रेणुका काउछामगरले दुई हजार ३९२, सपनाराज भण्डारी जोशीले दुई हजार ३५१ मत प्राप्त गरेकी छन्।यसैगरी सीता कुमारी रानामगरले दुई हजार १३२, प्रमिला राईले दुई हजार २०, लीलादेवी बोखिम लिम्बुले एक हजार ६८१ र पुनम लामाले एक हजार ६३६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा स्थान बनाएका छन्।
खुला समूहबाट निर्वाचित
आदिवासी जनजाति खुलातर्फ तीर्थ लामा चार हजार ४२५ मतसहित निर्वाचित उम्मेदवारमध्ये पहिलो स्थानमा रहेका छन्।निर्वाचन समितिका अनुसार ई। अनुप श्रेष्ठले दुई हजार ५५१, डा। प्रेमध्वज लामाले दुई हजार ५०५, कर्मा छेरिङ शेर्पाले दुई हजार ४०६ र टेकप्रसाद गुरुङले दुई हजार ९० मत प्राप्त गरेका छन्।
त्यस्तै भीम श्रीस मगरले दुई हजार ४६, रामकृष्ण चित्रकारले एक हजार ९८२, बुद्ध लामाले एक हजार ९५६, गेल्जे लामा शेर्पाले एक हजार ८१९, वंशलाल तामाङले एक हजार ७५६, अमृत गुरुङले एक हजार ६८९ र सुशील गुरुङले एक हजार ६४४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।निर्वाचन परिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने नयाँ सदस्यहरूको टुंगो लागेको छ।