काठमाडौँ । रौतहटमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका–१, बर्गिनिया टोलकी ५० वर्षीया सुनिता देवी पण्डित रहेकी छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार शनिबार बिहान माधव नारायण नगरपालिका–६, माधोपुरस्थित सडकमा दुर्घटना भएको हो।
मानपुरबाट माधोपुरतर्फ जाँदै गरेको ना.५४ प ९५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पण्डितलाई उपचारका लागि गरूडास्थित हेल्थ ल्याण्ड अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।