काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित महाधिवेशन मिति सरेको छ। प्रतिकूल मौसमलगायत विभिन्न कारणले तोकिएको समयमा महाधिवेशन आयोजना गर्न कठिनाइ भएपछि मिति सारिएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार कांग्रेसको महाधिवेशन अब १९ गतेदेखि सुरु गर्ने तयारी गरिएको छ। यद्यपि, महाधिवेशन सार्नुको आधिकारिक कारण र नयाँ कार्यतालिकाबारे पार्टीले अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक गरेको छैन। महाधिवेशनको नयाँ मिति, कार्यतालिका तथा अन्य प्रक्रियाबारे पार्टीको औपचारिक निर्णयपछि मात्रै स्पष्ट हुने बताइएको छ। पार्टीले यसबारे छिट्टै आधिकारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेको स्रोतको भनाइ छ।