काठमाडौँ। न्यूयोर्कको लागार्डिया विमानस्थलमा एउटा विमान ट्रकसँग ठोक्किँदा दुवै पाइलटको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।
बन्दरगाह प्राधिकरणका कार्यकारी निर्देशक क्याथरिन गार्सियाका अनुसार एयर क्यानडाको विमानमा ७२ यात्रु र चार चालक दलका सदस्य रहेका थिए । अहिलेसम्म ३२ जनालाई डिस्चार्ज गरिएको छ, तर केहीलाई ‘गम्भीर चोटपटक’ लागेको जनाएको छ ।