काठमाडौँ । सुडानको डारफुर क्षेत्रमा रहेको एक अस्पतालमा भएको आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ, जसमा १३ जना बालबालिका रहेका छन् ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले शनिबार सामाजिक सञ्जालमार्फत जनाए अनुसार शुक्रबार राति पूर्वी डारफुर राज्यको राजधानी अल-दाइनस्थित अल-दाइन शिक्षण अस्पतालमा भएको आक्रमणमा धेरै बिरामी, दुई महिला नर्स र एक पुरुष चिकित्सक पनि मारिएका छन् ।
उनका अनुसार उक्त आक्रमणमा आठ स्वास्थ्यकर्मीसहित ८९ जना घाइते भएका छन् ।आक्रमणका कारण अस्पतालको बालरोग, प्रसूति तथा आकस्मिक कक्षमा गम्भीर क्षति पुगेको छ, जसले गर्दा अस्पताल पूर्ण रूपमा सञ्चालनविहीन भएको छ र शहरमा अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध भएको छ ।