काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न आग्रह गरेका छन् ।
यदि इरानले समयसीमाभित्र होर्मुज जलडमरूमेध्य नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गर्ने चेतावनी ट्रम्पले दिएका छन् ।
