काठमाडौँ । पोर्चुगलमा बसोबास गर्ने करिब २५ सय नेपाली गम्भीर कानुनी समस्यामा फँसेका छन्। पोर्चुगल प्रशासनले पुलिस रिपोर्ट प्रमाणीकरणमा नक्कली स्टाम्प प्रयोग भएको आशंकामा धेरै नेपालीको रेसिडेन्सी प्रक्रिया रोकेको र केहीलाई देश छाड्न निर्देशन दिएको छ।
स्थानीय नेपालीहरूले पटक–पटक दूतावासमा गुहार मागे पनि समाधान नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार नेपाल सरकार वा परराष्ट्र मन्त्रालयबाट स्पष्ट जानकारी नआउँदा समस्या झन् जटिल बनेको छ। नेपाल भित्रका केही बिचौलिया र उच्चस्तरीय संलग्नताको आशंका उठेको विषयले निर्दोष नेपालीहरूलाई मात्रै कानुनी झमेलामा पार्नु अन्यायपूर्ण भएको पनि उनीहरूले बताएका छन्।