काठमाडौँ । उत्तरी उर्मिया शहरमा इजरायललाई सैन्य, प्रहरी तथा सुरक्षा निकायका स्थानसम्बन्धी सूचना पठाएको आरोपमा २० जनालाई पक्राउ गरिएको छ। तस्नीमका अनुसार पक्राउ परेकाहरूले इजरायललाई सैन्य तथा सुरक्षा निकायका संवेदनशील स्थानबारे जानकारी उपलब्ध गराएको आशंका गरिएको छ।
समाचारमा उल्लेख गरिएअनुसार इजरायलका एजेन्टसँग सम्बन्धित भनिएका विभिन्न नेटवर्कमाथि कारबाही गर्दै ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पश्चिम अजरबैजान प्रान्तका केन्द्रीय अभियोजकको आदेशपछि गरिएको कारबाहीमा इजरायलसँग जोडिएका भनिएका भाडाका समूहहरूलाई लक्षित गर्दै ती २० जनालाई पक्राउ गरिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।