काठमाडौँ । अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका प्रमुख नेताहरूलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १ करोड डलरसम्मको पुरस्कार घोषणा गरेको छ। अमेरिकी विदेश विभागले जारी गरेको सूचनामा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका १० जना प्रमुख नेताहरूको नाम उल्लेख छ ।
तर तीमध्ये केवल ६ जनाको नाम र तस्बिरहरू मात्रै विदेश विभागले सार्वजनिक गरिएको छ। यसमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी समावेश छन्।