काठमाडौँ। सामाजिक सञ्जाल कम्पनी मेटा ले आफ्नो प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ताले (एआइ) बनाइएका फेक भिडियो नियन्त्रणमा अझ सक्रिय हुनुपर्ने सुझाव ओभरसाइट बोर्डले दिएको छ। २१ सदस्यीय ओभरसाइट बोर्डले मेटा लाई आलोचना गर्दै भनेको छ कि इजरायलको हाइफा शहरमा इरानी सेनाद्वारा भएको व्यापक क्षतिलाई देखाउने दाबी गरिएको (एआइ) भिडियोमा लेबल नलगाइएको थियो। बोर्डले कम्पनीलाई आफ्नो (एआइ) नियम पुनःनिर्माण गर्न र फेक सामग्रीलाई छिटो र स्पष्ट रूपमा लेबल गर्न निर्देशन दिएको छ।
बोर्डका अनुसार संसारभरि बढ्दै गएको फेक (एआइ) भिडियोले सार्वजनिकलाई वास्तविक र फेक छुट्याउन कठिन बनाएको छ र यसले सम्पूर्ण सूचनाप्रति अविश्वास बढाउने जोखिम छ। मेटा ले उक्त भिडियोमा सात दिन भित्र लेबल लगाउने बताएको छ।
हाल मेटा प्रायः प्रयोगकर्ताबाट सूचनास्वयं दिने मा भर पर्छ, र उजुरी आएपछि मात्र भिडियोमा लेबल लगाउने वा हटाउने निर्णय गर्छ। बोर्डले भनेको छ कि यो प्रणाली पर्याप्त छैन र मेटा ले फेक एआईक्ष् सामग्रीलाई अत्यधिक सक्रियताका साथ लेबल गर्नुपर्नेछ।
यो समीक्षा फिलिपिन्सस्थित एक फेसबुक खाताबाट पोस्ट गरिएको भिडियोको कारण सुरु भएको थियो। भिडियो एआई जनित भए पनि, मेटा ले प्रयोगकर्ताको उजुरीको बाबजुद लेबल लगाएको थिएन। बोर्डले यो भिडियोमा ‘उच्च जोखिम एआईक्ष् लेबल’ आवश्यक ठहर गरेको छ। ओभरसाइट बोर्डले निष्कर्षमा भनेको छ, मेटा ले प्लेटफर्ममा भ्रामक एहआईक्ष् सामग्री रोक्न थप कदम चाल्नुपर्छ, जसले प्रयोगकर्तालाई वास्तविक र फेक छुट्याउन सहयोग गर्छ। मेटा ले आगामी दिनमा समान प्रकारको सामग्री र सन्दर्भमा बोर्डको सुझाव पालना गर्ने जनाएको छ।