काठमाडाैँ। प्रविधिको विकाससँगै स्मार्ट चस्माको प्रयोग बढ्दै गएको छ। तर क्यामेरा जडित यस्ता चस्माले सार्वजनिक स्थानमा मानिसको जानकारीबिनै फोटो तथा भिडियो खिच्न सक्ने भएपछि गोपनीयताको विषयमा नयाँ बहस सुरु भएको छ।
मेटाले ‘रे–ब्यान मेटा ग्लासेस’ मार्फत हात नचलाइकन फोन कल गर्न, एआई प्रयोग गर्न तथा फोटो–भिडियो खिच्न सकिने सुविधा दिएको छ। चस्मामा क्यामेरा सक्रिय हुँदा सेतो बत्ती बल्ने व्यवस्था भए पनि यसको प्रयोगलाई लिएर गोपनीयता र सहमतिको प्रश्न उठिरहेको छ। बेलायतमा करिब ८ सय पब सञ्चालन गर्ने वेदरस्पुन्सले आफ्ना परिसरमा यस्ता चस्माबाट भिडियो खिच्न प्रतिबन्ध लगाएको छ। नर्दन आयरल्यान्डमा कमिक कन कार्यक्रमले पनि गोप्य रेकर्डिङ हुन सक्ने भन्दै स्मार्ट चस्माको प्रयोगमा रोक लगाएको छ।
तर सामाजिक सञ्जालका लागि सामग्री बनाउने केही क्रिएटर भने यसको सकारात्मक प्रयोग भइरहेको बताउँछन्। बेलफास्टका कन्टेन्ट क्रिएटर पियर्स भ्यालीले मेटा चस्माबाट सडकमा हिँड्दै मानिससँग कुराकानी गर्ने भिडियो बनाउने गरेका छन्। उनका केही भिडियो लाखौँपटक हेरिएका छन्। उनी आफूले कसैलाई अप्ठ्यारो पार्ने उद्देश्यले भिडियो नबनाउने र सम्भव भएसम्म रेकर्ड गरिएको जानकारी सम्बन्धित व्यक्तिलाई दिने गरेको बताउँछन्। नर्दन आयरल्यान्डमा सार्वजनिक स्थानमा कसैलाई भिडियो खिच्नु सामान्यतः गैरकानुनी मानिँदैन। तर त्यस्तो रेकर्डिङले ह्यारेसमेन्ट, स्टकिङ, भ्वायरिज्म वा निजी गोपनीयताको उल्लंघनजस्ता कानुनी सीमा पार गरेमा कारबाही हुन सक्छ।
महिला अधिकारकर्मीहरूले भने स्मार्ट चस्माले विशेषगरी महिलाको गोपनीयता र सुरक्षामा जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्। सामान्य क्यामेरा वा मोबाइलबाट कसैले भिडियो खिचिरहेको कुरा सजिलै देख्न सकिने भए पनि चस्मामा जडित क्यामेरा प्रयोग भइरहेको थाहा नहुन सक्ने उनीहरूको भनाइ छ। ‘अपस्कर्टिङ’ जस्ता गैरकानुनी गतिविधिमा पनि यस्तो प्रविधि दुरुपयोग हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। प्रविधिको अर्को पाटो भने उपयोगी पनि देखिएको छ। दृष्टिसम्बन्धी समस्या भएका व्यक्तिले एआईमार्फत लेख, सूचना वा सडकका संकेत पढ्न सक्ने भएकाले यस्ता चस्मा उनीहरूका लागि निकै उपयोगी हुन