सिड्नी । अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकस्मिक योजनाको रूपमा मध्य पूर्वमा दुई वटा सैन्य विमान तैनाथ गरी नागरिक उद्धारमा तल्लिन रहेको अधिकारीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
अमेरिका–इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किएपछि यस हप्ता विभिन्न देशहरूले मध्यपूर्वबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन् ।
अस्ट्रेलियाले आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको योजनाको अनुरूपमा मध्य पूर्वमा विमान तैनाथ तथा यातायात सुविदा प्रवाह गरेको अधिकारीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजलेसमेत बिहीबार संसद्मा मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गरे ।उनले अस्ट्रेलियालीहरूलाई मद्दत गर्न खतरनाक अवस्थामा यो कदम उठाउने अस्ट्रेलियालीहरूलाई धन्यवाद दिए ।
यस अघि बुधवार पहिलो उडान दुबईबाट सिड्नीमा भएको जनाउदै अस्ट्रेलियाले यस क्षेत्रमा एक लाख १५ हजार नागरिक रहेको बताएको छ ।न्युजिल्यान्डले पनि यस क्षेत्रबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको लागि बिहीबार मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथीको आदेश दिएको छ ।