काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको शोक सभा स्थगित गरिएको छ । बुधबार साँझबाट सुरु हुने तय भएको शोक सभा स्थगित गरिएको राज्य–सम्बद्ध ’फार्स’ ले उल्लेख गरेको समाचार संस्था सिएनएनले जनाएको छ ।
“यसअघि बुधबार राति १० बजेदेखि तीन रातसम्म शोक सभा सुरु हुने घोषणा गरिएको थियो, तर लाखौं मानिसहरूको सम्भावित उपस्थिति र उचित पूर्वाधारको व्यवस्था गर्नुपर्ने आवश्यकताका कारण यो कार्यक्रम स्थगित गरिएको छ,“ एजेन्सीले उल्लेख गरेको छ।
आधिकारिक समारोह अब कहिले हुनेछ भन्नेबारे कुनै नयाँ समयसीमा दिइएको छैन।
यद्यपि, तेहरानको ’इस्लामिक प्रोपोगान्डा कोर्डिनेसन’का प्रमुख हुज्जतुलइस्लाम सैयद मोहसेन महमुदीका अनुसार, तेहरानका चोकहरूमा हुने भेला सहितको तीन दिने राष्ट्रिय शोक भने जारी रहनेछ।