काठमाडौँ । युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचन आचारसंहिता विपरीत सामाजिक सञ्जालमा सामग्री पोस्ट गरेको आरोपमा उनलाई चितवनबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबिनारायण काफ्लेले जानकारी दिएका छन्।
प्रवक्ता काफ्लेका अनुसार सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघन हुने किसिमका सामग्री सार्वजनिक गरेपछि कार्कीलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कार्की हालै सम्पन्न हुन लागेको निर्वाचनका लागि जापानबाट नेपाल फर्किएको बताएका थिए। प्रहरीले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिरहेको सन्दर्भमा उक्त कारबाही गरिएको बताइएको छ।