काठमाडौं । इरानको नयाँ सर्वोच्च नेता मोजतबा खामेनेई बनेका छन् ।
तेहरानस्थित ‘एसेम्बली अफ एक्सपट्र्स’ले ५६ वर्षीय मोजतबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको छ । मोजतबा इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीईका जेठा छोरा हुन् ।
अमेरिका–इजरायलको आक्रमणमा अली खामेनेईको मृत्यु भएपछि इरानमा नयाँ सर्वोच्च नेताबारे अड्कलबाजी भइरहेको थियो ।
मोजतबालाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको समर्थनबाट छानिएको बताइएको छ ।सञ्चारमाध्यमका अनुसार, मोजतबाको चयन इरानी रिभोलुसनरी गार्ड कोप्र्सको दबाबमा भएको हो ।
तथापि, इरानको इस्लामिक गणतन्त्रले प्रायः वंशानुगत शासनको आलोचना गर्दै आएको छ । यद्यपि, अली खामेनेईले आफ्ना उत्तराधिकारीहरूको सूचीमा मोजतबाको नाम समावेश नगरेको बताइएको थियो ।