काठमाडौँ । इरानले इजरायली आक्रमणपछि सुरु गरेको सैन्य प्रत्याक्रमणबीच खाडी मुलुकहरूप्रति आफूले कुनै दुर्भावना नराखेको स्पष्ट पारेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सोमबार चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा इरान खाडी राष्ट्रहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताएका हुन्।
चीनको विदेश मन्त्रालयलाई उद्धृत गर्दै सार्वजनिक विवरणमा अराघचीले भनेका छन्, 'इरानले पर्सियाली खाडी मुलुकहरूप्रति कुनै शत्रुता राख्दैन। अमेरिकी सैन्य अखडाविरुद्ध गरिएको हाम्रो रक्षात्मक प्रतिक्रिया खाडी देशहरूविरुद्धको आक्रमणका रूपमा व्याख्या गरिनु हुँदैन।'
उनले क्षेत्रीय स्थायित्व र छिमेकी मुलुकहरूसँगको सहकार्यलाई इरानको प्राथमिकता रहेको पनि दोहोर्याएका हुन् ।