काठमाडौँ । इराकस्थित अमेरिकी कूटनीतिक नियोगले आफ्नो यात्रा सल्लाह अद्यावधिक गर्दै सुरक्षा कारणहरूले गर्दा गैर–अत्यावश्यक अमेरिकी सरकारी कर्मचारीहरूलाई देश छोड्न आदेश दिएको छ।
दूतावासले बगदादमा रहेका अमेरिकी सरकारी कर्मचारीहरूलाई सुरक्षा जोखिमका कारण सहरको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न निषेध गरिएको समेत जनाएको छ।
यसअघि अमेरिकी विदेश मन्त्रालयकी अधिकारी मोरा नामदारले ट्विटर मार्फत जानकारी दिएअनुसार, “गम्भीर सुरक्षा जोखिमका कारण“ दर्जनभन्दा बढी देशहरूमा रहेका अमेरिकी नागरिकहरूलाई उपलब्ध व्यावसायिक यातायातका साधन प्रयोग गरी अहिले नै प्रस्थान गर्न बताएकाे छ।
यी देशहरूमा बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, कब्जा गरिएको वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स र यमन रहेका छन् ।