काठमाडौं । पछिल्लो २४ घण्टामा इरानमाथि जारी अमेरिका–इजरायल आक्रमणबाट ९६ जनाको मृत्यु भएको छ । सोमबार आक्रमणका क्रममा ८५ सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको मानव अधिकार कार्यकर्ताहरूको समाचार एजेन्सी (एचआरएएनए) ले जनाएको छ ।
अमेरिकाको वाशिङ्टन डीसीस्थित उक्त समूहले फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल आक्रमणपछि हालसम्म सर्वसाधारणको मृत्यु संख्या कम्तीमा ७४२ पुगेको जनाएको छ ।
यसमा १७६ जना बालबालिका पनि समावेश रहेको बताइएको छ । यसअघि इरानी रेड क्रिसेन्ट सोसाइटीले मृत्यु संख्या ५५५ जना रहेको जनाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले यी तथ्यांकहरू स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकिएको समाचारमा उल्लेख गरेको छ ।