काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको छ ।
गएराति महाराजगन्ज र नैकापमा अज्ञात समूहले गाडीमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नैकापस्थित सिप्रदी ट्रेडिङको कार्यालय नजिकै बा २८ ३६ नम्बरको टोयोटा कार र महाराजगन्जस्थित राजधानी पेट्रोल पम्प नजिकै बा ७ च १४०१ नम्बरको मारुती भ्यानमा आगजनी भएको हो ।
प्रहरीले दुवै घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको पर्चा फेला परेको जनाएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यकोनिर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय समूहले उक्त आगजनी गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगजनीबाट दुवै सवारी साधनमा क्षति पुगेको छ ।