तेहरान । इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले खाडी क्षेत्रमा चल्ने व्यापारिक जहाजहरूलाई निशाना बनाउने नयाँ धम्की दिएको छ।
यसैबीच, अमेरिकी प्रशासनले इरानमाथि गरिएका सैन्य कारबाहीहरू सुरुआत मात्र भएको र सबैभन्दा कडा प्रहार हुन अझै बाँकी रहेको चेतावनी दिएको छ।
इरानी सैन्य कमान्डरले कुनै पनि अमेरिकी वा सहयोगी मुलुकका जहाजहरू सुरक्षित नरहने चेतावनी दिएका छन्। इरानले आफ्नो समुद्री सीमा रक्षाका लागि जस्तोसुकै कदम चाल्न सक्ने बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका मुख्य सैन्य र रणनीतिक केन्द्रहरूमा थप आक्रमण गर्ने संकेत दिएका हुन्।