काठमाडौं । इरानी आक्रमणबाट यूएईमा मारिएका नेपालीको पहिचान खुलेको छ ।
नेपाली दूतावासका अनुसार जायाद अन्तर्राष्ट्रिय विमानस्थालमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा दिवस श्रेष्ठको ज्यान गएको हो । उनी मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए।
२९ वर्षीय उनको नेपाल घर गोरखा हो । दूतावाले उनको पार्थीव शरीर यथाशीध्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण काममा सहजीकरण गर्न तयार रहेको जनाएको छ ।
संवेदनशील अवस्थामा यूएइमा रहेको सम्पूर्ण नेपालीहरुलाई संयम्ता अपनाउन र सुरक्षित स्थानमा रहन दूतावासले आग्रह गरेको छ ।
