यूएई । दुबईको प्रसिद्ध तथा विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफालाई विस्फोटको आवाजपछि खाली गराइएको छ।
समाचार अनुसार अनुसार इरानले अमेरिका र इजरायलको हमलाको जवाफमा खाडी देशहरूतर्फ मिसाइल प्रहार गरेपछि विस्फोट भएका हुन्।
इरानले यूएईको अबूधाबी र दुबई, कतारको दोहा तथा साउदी अरेबियाको रियादका केही स्थानलाई निशाना बनाएको छ।
दुबईका बासिन्दाले शक्तिशाली विस्फोट सुनेको बताएका छन् । अहिले पनि आकाशमा मिसाइल उडिरहेको देखेको उनीहरूले बताएका छन्। एक प्रत्यक्षदर्शीका अनुसार विस्फोट यति ठूलो थियो कि झ्यालहरू हल्लिएका थिए।
दक्षिणी इरानको होरमोजगान प्रान्तमा भएका हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको छ । घटनामा ९० भन्दा बढी घाइते भएका छन्।