काठमाडौं । इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
इरानी सञ्चार माध्यमले एउटा प्राथमिक बालिका विद्यालयमा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगेको जनाएको हो ।
इजरायलले दक्षिणी प्रान्त होर्मोज्गानको मिनाब सहरमा रहेको बालका विद्यालयमा हमला गरेको जनाइएको छ ।
सरकारी समाचार एजेन्सी इर्नाले यसअघि २४ जनाको मृत्यु भएको जनाएको थियो ।