तेहरान । इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेका छन् ।
एक अमेरिकी अधिकारीले बताएअनुसार इरानमाथि गरिएको आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीको हिस्सा हो।
इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको कार्यालय नजिक पनि आक्रमण गरिएको बताइएको छ। इजरायलले इरानको राजधानी तेहरानसहित धेरै शहरमा आक्रमण गरेको छ। यो हमला अमेरिका–इजरायलको संयुक्त सैन्य कारबाहीअन्तर्गत गरिएको हो।
यस क्रममा इरानी सर्वोच्च नेता खामेनेईको कार्यालय नजिक हमला गरिएको छ। हमलापछि उनलाई सुरक्षित स्थानमा सारिएको छ।
नेपाली समयअनुसार शनिबार दिउँसो भएको यस आक्रमणपछि शहरहरूमा धुवाँको मुस्लो देखिएको छ। इजरायली डिफेन्स फोर्सले इरानमाथि आक्रमणको पुष्टि गर्दै यसलाई पूर्व–रोकथाम हमला भनेको छ।