वाशिङ्टन । छिमेकी दुई देश पाकिस्तान र अफगानिस्तान (तालिबान) बिच युद्ध सुरु भएको छ।
पाकिस्तान र अफगानिस्तानको तालिबान समूहबीचको सीमा संघर्ष शुक्रबार पनि जारी रह्यो। दुवै पक्षले एकअर्काका सैनिक तथा लडाकु मारिएको दाबी गरिरहेका छन्।
यद्यपि मारिएकाको संख्या फरक-फरक आइरहेका छन्। दुई देशबिचको तनाव तत्काल मत्थर हुने संकेत देखिएको छैन। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको प्रहरीका अनुसार शुक्रबार राति 'आतंकवादीहरूले' पेशावर लगायत प्रान्तका विभिन्न प्रहरी चौकी र स्टेशनहरूमा आक्रमण गरेका छन्।
यस हमलामा एक हेड कन्स्टेबल र एक सर्वसाधारण घाइते भएका छन्।बीबीसीका अनुसार यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान र अफगानिस्तानबीचको बढ्दो तनावमा अमेरिकाले हस्तक्षेप गर्न सक्ने बताएका छन्।
‘पाकिस्तान र अफगानिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ, तर मेरो पाकिस्तानसँग राम्रो मित्रता छ’ उनले भनेका छन् ।