काठमाडौं । भारतमा अब सोसल मिडिया कम्पनीहरूलाई नोटिस प्राप्त भएको तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट आफ्नो प्लेटफर्मबाट हटाउनुपर्ने नियम जारी भएको छ ।
भारत सरकारले मंगलबार, कुनै पनि सोसल मिडिया कम्पनीहरूलाई नोटिस प्राप्त भएपछि उक्त अवधिभित्र गैरकानुनी कन्टेन्ट आफ्नो प्लेटफर्मबाट हटाइ सक्नुपर्ने बताएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार, भारतको आईटी नियमहरूमा भएको संशोधनका कारण यो व्यवस्था लागु हुनेछ । नयाँ नियमहरू २० फेब्रुअरीबाट लागु हुनेछन् ।
हालका लागि, कन्टेन्ट हटाउन सोसल मिडिया कम्पनीहरूलाई ३६ घण्टाको समयसीमा दिइने गरेको थियो ।