काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडा जोड्ने पुलको उद्घाटन रोक्ने धम्की दिएका छन् ।
ट्रम्पले अमेरिकाले क्यानडालाई गरेको सबै योगदानको पूर्ण क्षतिपूर्ति नपाएसम्म पुलको उद्घाटन गर्न नदिने बताएका हुन् ।
‘क्यानडाको ओन्टारियोलाई अमेरिकाको मिशिगनसँग जोड्ने गोर्डी होवे अन्तर्राष्ट्रिय पुल संयुक्त राज्य अमेरिकालाई निष्पक्ष व्यवहार नगरिएसम्म खुल्ने छैन,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।
परियोजना वेबसाइटका अनुसार पुल निर्माणका लागि क्यानडाले आर्थिक सहयोग गरेको छ । तर यो क्यानडा र मिशिगन दुवैको स्वामित्वमा हुनेछ ।
यद्यपि, राष्ट्रपति ट्रम्पले यो पुलको उद्घाटन कसरी रोक्न सकिन्छ भन्ने अझै स्पष्ट पारेका छैनन् ।
परीक्षण सम्पन्न भएपछि यस वर्षको सुरुमा पुल खोल्ने तालिका थियो । निर्माण २०१८ मा सुरु भएको थियो ।