काठमाडौँ । अस्ट्रेलियाको पर्थ सहरमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु भएको छ । नेपालबाट पारिवारिक भ्रमणमा गएकी विष्णुमाया गुरुङको मृत्यु भएको हो ।
पर्थको रिभरभेल क्षेत्रमा शुक्रबार अबेर राति अनियन्त्रित कार गुरुङ परिवार बसेको घरभित्र पसेको थियो । सयनकक्षमै सुतिरहेकी ५३ वर्षीया गुरुङको कारको ठक्करवाट मृत्यु भएको हो । आपतकालीन सेवाले उद्धारको प्रयास गरे पनि उनलाई घटनास्थलमै मृत घोषित गरिएको प्रहरीले जनाएको छ । कार चालक ३६ वर्षीय पुरुषलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।
मृतक विष्णुमया (हिमाली)गुरुङ केही महिनाअघि मात्रै नेपालबाट छोरी–ज्वाइँ भेट्न अस्ट्रेलिया आएको एनआरएन पश्चिम अस्ट्रेलियाका उप–संयोजक बासु सापकोटाले जानकारी दिएका छन् ।