काठमाडौं । जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ ।
आइतबार भएको निर्वाचनमा ताकाइची नेतृत्वको एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा सबैभन्दा धेरै सिट जितेको हो ।
सरकारी प्रसारक एनएचकेले सार्वजनिक गरेको नतिजाअनुसार ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ, जुन साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ सिट बढी हो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई समर्थन जनाउँदै बधाई दिएका छन् । ट्रम्पले ताकाइचीलाई ‘पूर्ण समर्थन’ रहने बताएका छन् ।
यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो ऐतिहासिक नतिजाका लागि ताकाइचीलाई बधाई दिँदै भारत–जापान मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।