काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चीनफिङसँग टेलिफोन संवादपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले चीनसँग अमेरिकाको र राष्ट्रपति सीसँग आफ्नो सम्बन्ध निकै सुमधुर रहेको बताएका हुन् ।
राष्ट्रपति ट्रम्पले समकक्षी सीसँगको टेलिफोन वार्तामा अमेरिका–चीन व्यापार र सैन्यलगायतका विषय, चीन–ताइवानको विषय, रुस–युक्रेन युद्ध तथा आसन्न आफ्नो चीन भ्रमणबारे लामो र सौहार्दपूर्ण वार्ता भएको जानकारी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले आगामी अप्रिलका लागि तय भएको चीन भ्रमणलाई लिएर आफू निकै उत्साही भएको पनि जानकारी दिएका छन् । आफूले इरान पनि भ्रमण गर्ने उनले बताएका छन् ।