काठमाडौँ । रुसको ओरेनबर्ग क्षेत्रअन्तर्गत ओस्र्क सहर नजिक सोमबार प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
स्थानीय समयअनुसार दिउँसो करिब १२:५१ बजे भएको दुर्घटनामा सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक जना प्रशिक्षकको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले जनाएका छन्।
दुर्घटनाको बेला विमान नियमित प्रशिक्षण उडानमा रहेको बताइएको छ। आपतकालीन स्थिति मन्त्रालयका अनुसार घटनास्थलमा आगलागी भएको थिएन।
दुर्घटनाको कारणबारे यकिन भइसकेको छैन। स्थानीय सुरक्षा निकायले घटनासम्बन्धी विस्तृत अनुसन्धान सुरु गरेका छन्।