काठमाडौं । गएको हप्तादेखि न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु भएको मेयर जोहरान ममदानीले पुष्टि गरेका छन् ।
अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी-२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरुद्ध गरेको जनाइएको छ । ममदानीले अहिलेसम्म छ करोड ७० लाख पाउन्ड हिउँ पग्लि सकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताए।
घरबार विहीन तथा विस्थापितलार्ई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपाय अपनाइएको जनाइएको छ । नयाँ आश्रय तथा एकाइ घरबार विहीनका लागि खुला हुने र तातो र सुरक्षित आश्रय न्युयोर्क सहरका पाँच वटा स्थानमा मानिसका लागि खुला रहने जनाइएको छ ।