काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा शतप्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्।
क्यानडाले हालै चीनसँग गरेको कृषि तथा विद्युतीय सवारी साधनसम्बन्धी व्यापार सम्झौताको प्रतिक्रियास्वरुप ट्रम्पले यस्तो कडा कदम चाल्ने धम्की दिएका हुन्।
गएको हप्ता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग रणनीतिक साझेदारी घोषणा गरेका थिए, भने शुल्क घटाउन सहमत भएका थिए । त्यतिबेला ट्रम्पले यो कदमलाई सकारात्मक रूपमा लिएका थिए । तर कार्नीले डाभोसमा एक भाषणमा अमेरिकाको नेतृत्वमा रहेको विश्व व्यवस्था ध्वस्त भएको बताएपछि पछिल्ला दिनमा अमेरिका र क्यानडाबीच फेरि तनाव बढेको छ ।