काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीको दर्शन गरेका छन्।चुनावी अभियानका क्रममा ताप्लेजुङ पुगेका उनी शुक्रबार बिहानै मन्दिर पुगेका हुन् । चुनावी अभियान सुरु गर्न अघि उनी पाथीभरा पुगेका हुन् ।
शाहले पाथिभराको दर्शन गरी मन्दिर परिसरको अवलोकन गर्दै त्यहाँको प्राकृतिक सुन्दरता र आध्यात्मिक महत्त्वका बारेमा बोलेका थिए । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दिएका बालेन शाह अहिले पूर्वी पहाडको यात्रामा छन् । चुनावी दौडधुपको बीचमा बालेन बिहीबार साँझ पाथीभरा मन्दिर दर्शनका लागि ताप्लेजुङ पुगेका थिए ।