काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बुझाउन लागेको राजीनामा अन्तिम समयमा होल्ड गरेका छन् । उनी निकटस्थहरूले आजै राजीनामा दिने तयारी रहेको बताए पनि अन्तिम समयमा शाहले निर्णय परिवर्तन गरेका हुन् ।
उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी व्यवस्था रहेकाले पनि उनले राजीनामा तत्काल नदिएको बताइएको छ । बालेन निकट एक नेताका अनुसार अहिलेको राजनीतिक अनिश्चितताका कारण राजीनामा होल्ड गरिएको हो ।
मेयर पदबाट राजीनामा नदिई बालेन केही बेरमा रास्वपाको केन्द्रीय कार्यालय घण्टी घर जाँदै छन् । आजै दिउँसो २ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बस्दै छ, त्यसअघि उनी त्यहाँ पुग्ने कार्यक्रम तय छ ।