थाइल्याण्डको उत्तर-पूर्वी क्षेत्रमा बुधवार बिहान रेल दुर्घटना भएको छ। बैंककबाट उबोन रत्चाथानीतर्फ जाँदै गरेको यात्रुवाहक रेलमा निर्माणाधीन क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
दुर्घटना नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो। रेल उच्च गतिको मार्गमा गुडिरहेको बेला माथि काम गरिरहेको क्रेन खसेर रेलमा ठक्कर दियो, जसले रेललाई रेलपट्टिबाट बाहिर पुर्यायो। त्यसपछि केही समयका लागि आगलागीसमेत भएको थियो।
प्रारम्भिक रिपोर्टमा मृतकको संख्या कम देखिए पनि स्थानीय प्रहरीले जानकारी अनुसार मृत्यु हुनेको संख्या २२ पुगेको छ र अझै बढ्न सक्ने अनुमान गरिएको छ। दुर्घटनामा ५५ जना घाइते भएका छन् र उद्धार कार्य जारी छ। आगलागी भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।