काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित आठ जना उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले सोमबार मन्त्रालय तथा अन्तर्गतका निकायमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
प्रशासन सिँहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार उपसचिव जुनु हमाल ढकाललाई जिल्ला प्रशासन कार्यालय, डोल्पामा प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ। यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका मुकेश कुमार केशरीलाई जिल्ला प्रशासन कार्यालय, बझाङमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय, डोल्पाका प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालालाई जिल्ला प्रशासन कार्यालय, पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने जिल्ला प्रशासन कार्यालय, बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीलाई जिल्ला प्रशासन कार्यालय दैलेखको सहायकमा खटाइएको छ ।
गृह मन्त्रालय वा अन्तर्गत कार्यरत उपसचिव नवराज बराललाई जिल्ला प्रशासन कार्यालय, बागलुङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ। यस्तै, उपसचिव भविश्वर घिमिरेलाई जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुमा र उपसचिव कृष्णप्रसाद गैरेलाई जिल्ला प्रशासन कार्यालय, धनुषामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालय, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई गृह मन्त्रालय वा अन्तर्गत उपसचिव पदमा सरुवा गरिएको छ ।
