काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले माघ ४ गते राजीनामा दिने र त्यस लगत्तै चुनावी मैदानमा होमिने बताइएको छ । मेयर पद हुँदासम्म चुनावी गतिविधिमा नहिँड्ने र राजीनामा दिएपछि चुनावी अभियान सुरु गर्ने बालेनको योजना रहेको छ ।
आइतबार मात्रै उनले सामाजिक सञ्जाल फेसबुुकमा शुभकामना सबैलाई !! हामी आउँदै छौं भन्दै लेखेका थिए । यसले अब राजीनामा दिने र देश दौडाहाको अभियानमा निस्कने संकेत गरेको छ ।
उसो त बालेननले झापाका रास्वपा नेताहरुसँग छलफल गरेका छन् । बालेनले झापा ५ बाट निर्वाचन लड्ने तयारी गरेको चर्चा चल्दै आएको छ । झापा ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यहाँबाट चुनाव लड्ने इच्छा बालेनले स्थानीय नेताहरूसँग व्यक्त गरेको बुझिएको छ ।