मंगलम भगवान विष्णु मंगलम गरुण धोज
मंगलम पुण्डरी काक्ष मंगलाय तानो हरी
नेपाली पब्लिकको दैनिक राशिफलमा यहाँलाई स्वागत छ । आज मिति २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन् २०२६ जनवरी १० तारिख ।
सुरु गरौ आजको राशीफलबाट
मेष
मेष राशिहरुका लागि आजको दिन प्रेममा सफलता मिल्नेछ। सन्तान पक्षबाट शुभ आशीवाद प्राप्त हुनेछ। साहित्य र लेखनमा सफलता मिल्नेछ ।
बृष
कुनै कुरालाई लिएर मनमा दुविधा रहनेछ। अरुको झैँ झगडामा आफू सहभागि नहुदाँ राम्रो होला ।
मिथुन
मिथुन राशि हुनेहरूको आज दिन शुभ रहेको छ। अध्ययन अध्यापनको कार्यमा सफलताका योग छ । कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्।
कर्कट
स्वादिष्ट भोजनको प्राप्ति होला। वाणीको माध्यमले रोकिएका कार्यहरु सिद्ध गर्न सकिनेछ। सानो दूरीको रमणीय यात्रा हुनसक्छ।
सिंह
दिन अनुकूल रहनेछ। प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्छ । आत्मबल र नेतृत्व क्षमता अभिवृद्धि हुनेछ।
कन्या
अनावश्यक यात्रा वा खर्चमा वृद्धि हुनेछ । व्यर्थको कार्यमा ऊर्जा समय वा पैसा खर्च हुन सक्छ।
तुला
आर्थिक स्थितिमा सुधार आउनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पुरानो कामलाई नै निरन्तरता दिनु राम्रो छ।
वृश्चिक
काममा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । आजको श्रमबाट पछिलाई लाभ हुनेछ।
धनु
धार्मिक स्थलमा भ्रमण र दर्शनको योग छ। काममा नयाँ अवसर प्राप्त भएतापनि ढिलासुस्ति हुनसक्ने
मकर
अरुको करकापमा काम गर्नुपर्दा मन खिन्न हुनसक्छ। समय अभावले काममा बाधा पुग्नसक्छ
कुम्भ
दाम्पत्य जीवन समधुर रहनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। आफ्नो कमी कमजोरीलाई सुधार्ने समय रहेको छ।
मीन
आर्थिक पक्षलाई लिएर मन चिन्तित रहनेछ। नोकरी वा पेशामा प्रतिस्पर्धीहरू हार खानेछन्।